

नेपाली नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने

कास्की – पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ ।
जीवन बाँच्ने तरिकालाई नाटकले देखाउने नाटकका निर्देशक र अभिनेतासमेत रहेका पौडेलले बताए । नाटकमा पौडेलसँगै, कपिल शर्मा र दीपेन्द्र पौडेलको पनि अभिनय रहेको छ । नाटकमा शिवहरि अर्याल र अर्जुन गुरुङले सङ्गीत दिएका छन् । नाटक उत्पादनमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको छ ।
२०२२ मार्च महिनामा इटालीकाे पिसामा आयोजित एक कार्यशालामा इटलीसहित युरोप, अमेरिका, अफ्रिका, एसियाका साहित्य, सङ्गीत, रङ्गमञ्चका सम्पूर्ण कला विधाका कलाकार सहभागी भएका थिए । जहाँ एसियाबाट केदारनाथ पौडेलले सहभागिता जनाएका थिए । कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउने समूहको उद्देश्यअनुसार यो नाटक तयार पारेको उनले बताए । त्यही क्रममा अहिलेको पछिल्लो प्रस्तुति ‘इम्ब्रिओनिक’ तयार भएको उनको भनाइ छ ।
यो नाटक २०७९ साउन ६ गते ढिकीडाँडा रिसोर्ट घार्मीमा प्रदर्शन गरिएको थियो । त्यसपछि २०७९ असोज १४ गते पोखरा थिएटरमा भएको पोखरा लिटरेचर फेस्टिभलमा यो नाटक प्रदर्शन गरिएको थियो । त्यसैगरी काठमाण्डाैकाे मण्डला थिएटरमा भएको नेपाल इन्टरनेशनल थिएटर फेस्टिभलमा पनि प्रदर्शन भइसकेको छ ।
इन्द्रेणी थिएटरको स्थापना २०७६ सालमा भएको हो । स्थापनाकालदेखि अहिलेसम्म संस्थाले नाटक तथा साहित्यका अन्य विधाहरूमा विभिन्न काम गर्दै आइरहेको छ । संस्थाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजललगायतको क्षेत्रमा काम गरिरहेको छ । उज्यालो
April 3, 2023 12:02 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

