सिंहदबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वाेच्चमा रिट
काठमाण्डाै – सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई आज साेमवार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा यस्ताे माग गरिएको छ ।
काठमाण्डाै महानगरले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा पालिका र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ । काठमाण्डाै महानगरको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको छ ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नका लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाण्डाै महानगरको भएकाले कानुन विपरीत आजसम्म फोहर सङ्कलन नगरेकाले त्यस क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्यान्डफिल्ड साइटमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ ।
सङ्घीय सरकारले सहयोग नगरेको भन्दै मेयर शाहको निर्देशमा सिंहदरबारको फोहोर उठेको छैन । महानगरपालिकाले फोहोर नउठाएपछि मन्त्रिपरिषद्को बैठकले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी महानगरपालिकाकै भएकाले जिम्मेवारीबाट पन्छिन नमिल्ने जनाएको छ । उज्यालो
April 18, 2023 4:52 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री