आयुर्वेद नेपाललाई चिनाउन सक्ने माध्यम हाे : मेयर शाह
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताउनुभएको छ ।
आइतवार काठमाण्डाैमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै मेयर शाहले यस्तो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेद विस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उल्लेख गर्नुभयाे ।
मेयर शाहले पहिला नेपालमा विदेशी पर्यटकहरू योग, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय भने खस्कँदै गएको बताउनुभयो । आयुर्वेदको प्रवर्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आयुर्वेदका लागि अझै धेरै गर्न बाँकी छ । यसलाई प्रवर्धन गर्दै जानुपर्छ । नेपालमा पहिला विदेशी पर्यटकहरू आयुर्वेदका लागि आउँथे, योगका लागि आउँथे । यसको प्रवर्धनका लागि आउँदा दिनमा अझै धेरै काम गर्नुपर्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’
मेयर शाहले आयुर्वेदको प्रवर्धन र विस्तार गरी विदेशी पर्यटकहरू नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । उज्यालो
May 1, 2023 4:37 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर