

२१ औं शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै, कसलाई फाइदा कसलाई बेफाइदा ?

यस वर्ष २१औं शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आउँदो साउनमा लाग्ने उक्त खग्रासचन्द्र ग्रहण शताब्दीकै लामो रहने बताइएको छ । साउन ११ गते लाग्ने उक्त चन्द्रग्रहण महत्वपूर्ण खगोलीय घटना भएको ज्योतिषीहरुले बताएका छन् । नेपालमा मध्यरातको करिब १२ बजेबाट करिब ६ घन्टा १५ मिनेटसम्म लाग्ने उक्त पूर्ण चन्द्रग्रहणको स्थिति १०३ मिनेट रहने खगोलशास्त्रीहरुले जनाएका छन् ।
ग्रहणको राशी अनुसार व्यक्तिमा प्रभाव पर्ने बताइएको छ । कुन राशीलाई कस्तो फाइदा र बेफाइदा हुन्छ त ? मेष राशी भएकालाई चन्द्रग्रहणले सकारातमक प्रभाव ल्याउने छैन भने परिवार र प्रेम सम्बन्धमा समस्याको सामना गर्नुपर्ने हुनसक्छ । वृष राशीलाई चन्द्रग्रहणले समस्या बढाउने तथा सन्तान पक्षलाई कष्ठ उठाउनुपर्ने हुनुक्छ । विवादमा फस्ने सम्भावना पनि छ ।
मिथुन राशी भएकाहरुको आर्थिक स्थिति सामान्य हुनेछ । धनलाभको योग छ भने व्ययमा पनि वृद्धि हुने योग छ । कसैमाथि पनि धेरै विश्वास नगर्दा फाइदा पुग्छ । कर्कट राशी भएकाहरुलाई चन्द्रग्रहणको कारण वैवाहिक जीवनमा समस्या आउन सक्छ । जीवनसाथिका साथ कुनै पनि विषयलाई लिएर विवाद हुनसक्ने योग छ ।सिंह राशि भएकाहरुको धन हानी हुने सम्भावना छ भने स्वास्थमा पनि समस्या आउन सक्छ । कन्या राशी भएकाहरुको आयको तुलनामा व्यय बढ्ने सम्भावना छ । कुनै पनि काममा सफता पाउन निकै संघर्ष गर्नुपर्ने अवस्था छ
तुला राशीलाई भने चन्द्रग्रहणले शुभ फल दिने छ । तुला राशीभएकाहरुले कार्यस्थलमा मान प्रतिष्ठा पाउने छन् भने नोकरी र व्यवसायमा सफताको योग छ । वृश्चिक राशी भएकाहरुलाई पनि चन्द्रग्रहणले सकारात्मक असर प्रदान गर्ने छ । नोकरी र व्यवसायमा प्रगतिको योग छ
धनु राशीका मानिसहरुमा चन्द्रग्रहणको नकारातमक प्रभाव पर्ने योगछ । तपाईलाई मानसिक तनाव बढ्ने र स्वास्थ्य प्रतिकुल हुने योगछ । मकर राशी भएकाहरुले निकै ख्याल विचार गरेर हिड्नुपर्ने छ । अन्यथा चोटको सम्भावना छ ।कुम्भ राशीभएकाहरुको धनको हानीको योग छ भने व्यर्थको चिन्ताले मानसिक तनाव र पारिवारिक कलह बढ्ने योग छ । मीन राशी भएकाहरुको लागि भने चन्द्रग्रहणले फाइदा पुग्ने छ । सुख सुविधामा वृद्धि र आत्मबल मजबूद हुने योग छ ।
July 13, 2018 12:07 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

