विश्व साइकल दिवसका अवसरमा काठमाण्डौमा साइकल र्याली
काठमाण्डाै – विश्व वातावरण तथा साइकल दिवसको अवसरमा आज बिहान काठमाण्डौमा सामूहिकरुपमा साइकल र्याली गरिएको छ ।
आज परेकाे विश्व साइकल दिवस तथा पर्सि (जुन ५) पर्ने विश्व वातावरण दिवसकाे संयुक्त अवसरमा काठमाण्डाै सहरलाई साइकलमैत्री बनाउन दबाब दिनकाे लागि साइकल यात्रा गरिएकाे हाे ।
विभिन्न १२ संघसंस्थाको आयोजनामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट सुरु भएको साइकल यात्रा बल्खु हुँदै एकान्तकुना जावलाखेल–पुल्चोक–थापाथली हुँदै तीनकुने–शहीदगेट, सुन्धाराबाट दरबारमार्गमा पुगेर टुंगिएको थियो । साइकल संस्कृति अभियान सञ्जालले र्यालीकाे आयाेजना गरेकाे हाे ।
यस्तै ‘सफा सहर हाम्रो रहर’ भन्ने मूल नारासहित फोहोर मैला व्यवस्थापन सङ्घ नेपाल, चन्द्रागिरि वातावरण एण्ड ट्रेड लिङ्क र सर्वकल्याण वातावरण सेवा प्रालिलगायतका सङ्घरसंस्थाले प्रभातफेरी गरेका छन् । प्रभातफेरी भृकुटीमण्डबाट सुरु भएर, भद्रकाली, शहीद ढोका, सुन्धारा, रत्नपार्क, जमल, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो । उज्यालो
June 3, 2023 4:05 pm | खेलकुद,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री