२२ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि, दुम्कौलीमा ‘रेकर्ड ब्रेक’
काठमाण्डाै – गएको बुधबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम हिजो फेरि ‘ब्रेक’ भएको छ ।
जल तथा मौसम विज्ञान विभागले हिजो अबेर सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको मौसमको विवरणअनुसार नवलपुरको दुम्कौलीमा तापक्रम ४४ डिग्री सेल्सियस मापन गरिएको हो । बुधबार दुम्कौलीमा अधिकतम तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार हिजो देशका विभिन्न २२ ठाउँमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ ।
तराईका विभिन्न ठाउँमा केही दिनदेखि नै तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । बाँके, चितवन, पर्सा, वारा, सर्लाही लगायतका जिल्लाहरुमा तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । देशका तराई, भित्री मधेश, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भू–भागका धेरै ठाउँहरुमा केही दिनदेखि नै अधिकतम तापक्रम बढेर तातो हावा चलेको छ । निरन्तर तापक्रम बढ्ने, घाम चर्कने हुँदा जनजीवन असहज बन्दै गएको छ ।
तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्ने मौसमविदले बताएका छन् । गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरुले ठाउँ ठाउँमा माटोको भाँडाहरुमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने परम्परागत विधिलाई निरन्तरता दिन विज्ञहरुले आग्रह गरेका छन् । तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन डाक्टरहरुको सुझाव छ । उज्यालो
June 10, 2023 3:55 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री