Thursday 2nd April 2026

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई राहत

8 years अगाडी

पोखरा, २९ असार : चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।  तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका प्रदेश सचिव डा बुद्धिसागर पौडेलले मृतकका परिवारलाई तत्काल राहतस्वरुपको रकम दिने पहल थालिए पनि प्रक्रिया लामो हुन पुग्दा ढिलाइ हुन पुगेको बताउनुभयो । सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले व्यक्तिगत रुपमा मृतक बालकको परिवारलाई रु २५ हजार सहयोग गर्दै विशालका भाइलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकमआफूले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विसं २०७४ फागुन १ गते शिवरात्रिका दिन मामाघर जाँदै गरेका श्रेष्ठलाई चितुवाले साँझ ६ बजे आक्रमण गरी २०० मिटर तल जंगलमा लगेर खाएको अवस्थामा भेटिएको थियो ।

          July 13, 2018 12:28 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...