सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण
दाङ – किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ ।
डिभिजन वन कार्यालयको ‘एक वडा एक पोखरी’ कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भइ पानीको श्रोत बढेको र वर्षातको पानी पनि सङ्कलन हुँदा स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।
स्थानीय नागरिककाे सहभागितामा पाेखरी निर्माण गरिएकाले धेरै लगानी नलागेकाे केसीले जानकारी दिनुभयो । उज्यालो
July 24, 2023 5:48 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन