रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने
काठमाण्डाै – वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ ।
यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको ज्यान गएमा मृतकका परिवारलाई सात लाख रुपैयाँ दिँदै आएको थियो । यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
यस्तै बोर्डले मृतक श्रमिकका छोराछोरीलाई प्रदान गरिँदै आएको शैक्षिक वृत्ति रकम पनि बढाएको छ । बोर्डले यसअघि शिशु कक्षादेखि कक्षा ८ सम्म अध्ययनका लागि वर्षको आठ हजार रुपैयाँ दिँदै आएकोमा अब १२ हजार पाँच सय रुपैयाँ दिने भएको हो । यस्तै ९ कक्षादेखि १२ कक्षासम्म वर्षको १२ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अब १५ हजार पाँच सय रुपैयाँ दिने निर्णय भएको छ ।
यसैबीच वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा सञ्चालनमा आउन अझै तीन दिन लाग्ने विभागले जनाएको छ । विभागको अनलाइन प्रणालीको सर्भरमा समस्या आएसँगै हिजो मङ्गलवार बेलुकादेखि सेवा अवरुद्ध रहेको छ । उज्यालो
August 10, 2023 1:24 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत