स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल
काठमाण्डौ – लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन।
स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।
हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले बढ्ने गरेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।
गएको वर्ष तीन अर्ब सात करोडको फूलकाे कारोबार भएको थियाे ।
तिहारमा प्रयोग हुने मखमली र गोदाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने छिमेकी भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
फूलको माग बढेपछि काठमाण्डौ उपत्यकासहित कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा नर्सरी विस्तार भएका छन् ।
नेपालमा झण्डै दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् । उज्यालो
August 28, 2023 4:59 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत