नगर प्रहरीलाई मेयर शाहकाे आग्रह– ‘बुद्धि, विकेक पुर्याएर काम गर्नु हाेला’
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई आग्रह गर्नुभएकाे छ ।
महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आज बिहीवार आयोजित कार्यक्रममा मेयर शाहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरीलाई आग्रह गर्नुभएकाे हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि नगर प्रहरीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एउटै व्यक्तिमा बुद्धि–विवेक, इमानदारिता र हिम्मत तीन वटै गुण भएको खासै पाइँदैन । यो तीन वटै गुण राखेर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भूमिका निभाउनुभएकोमा पनि धेरैधेरै धन्यवाद दिन चाहन्छु । साथ साथै नगर प्रहरी बलले बुद्धि–विवेक पुर्याउनुपर्ने ठाउँमा बुद्धि–विवेक पुर्याउनु होला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमानदार त सधैँ हुनु नै पर्नेछ । यसरी नै बितेको वर्षमा तपाईँहरूले काम गर्नुभएको छ । त्यसका लागि मलगायत हामी सबै जनप्रतिनिधि धेरै नै खुशी छौँ । यसरी नै खुशी राखिरहनु होला ।’
मेयर शाहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबविना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको उल्लेख गर्नुभयाे । उहाँले महानगरपालिकाले एक सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि मेयर शाहकाे भनाइ छ । उज्यालो
August 31, 2023 11:35 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव