डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताउनुभएकाे छ ।
आज बिहीवार नेपाल चिकित्सक सङ्घको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको सङ्घका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई उन्मुक्ति नदिने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।
यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त alडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो ।
यही घटनालाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो । सङ्घले नियमित रूपमा उपचार प्रक्रियालाई इमानदारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको ज्यान गएको घटनालाई अतिरञ्जित गरी डाक्टरलाई हातपात गर्नेजस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई थप उपचारका लागि सञ्चो अस्पतालबाट डाक्टरहरूले चितवन ‘रिफर’ गरेका थिए । उपचारका क्रममा बिरामीको यही साउन २५ गते ज्यान गएपछि सञ्चो अस्पतालमा कार्यरत डाक्टरद्वयमाथि आक्रमण भएकाे थियाे । उज्यालो
September 14, 2023 5:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव