लिबियामा डानिएल आँधीपछि ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित
काठमाण्डाै – लिबियामा डानिएल आँधीपछि बाढीमा आउँदा पाँच हजार तीन सय जनाभन्दा बढी मानिसको ज्यान गएकाे छ । कम्तीमा १० हजार जना बाढीमा बेपत्ता भएका छन् भने अन्य दशौँ हजार मानिस विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति सैनिक भने अहिलेसम्म सुरक्षित रहेका छन् । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेका सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार बाढीबाट हजारौँ बेपत्ता भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
भारी वर्षापछि दुईवटा बाँध फुटेकाले तटीय सहर देर्नाको एक चौथाइ क्षेत्र बाढीले बगाएको छ । नेपाली नागरिक र सेनाका तर्फबाट बाढीपीडितलाई सहयोगका लागि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकले केही औषधि र चिकित्सा सामग्री पठाएको छ । ती सामग्री संयुक्त राष्ट्रसङ्घ महासचिवका विशेष प्रतिनिधि र सहायक महासचिवमार्फत् हस्तान्तरण गरिने भण्डारीले जानकारी दिनुभयाे ।
बाढीबाट सडक सम्पर्कसमेतविच्छेद भएकाले हवाई अनुगमनबाट लिबियाको पूर्वी क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अनुमान लिइएको हो । डानिएल नामक आँधीका कारण भएको वर्षापछि बाँध फुटेको र देर्नालगायत नजिकका सहरमा ठूलो क्षति भएको छ । उज्यालो
September 15, 2023 9:07 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत