देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेकाे छ : मदनकृष्ण श्रेष्ठ
काठमाण्डाै – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । श्रेष्ठले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर अहिले झनै धेरै विकृति बढ्यो ।’
कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठलाई पुरस्कृत गरिएकाे थियाे । उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याबासी पाएको महसुस भएको बताउनुभयो । उज्यालो
September 19, 2023 8:05 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन