अफगानिस्तान भूकम्प : कम्तीमा २ हजार जनाकाे ज्यान गयाे, ९ हजारभन्दा धेरै घाइते
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना पुगेको छ । हिजो शनिवार गएको भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा दुई हजार जना पुगेको र नौ हजार जनाभन्दा धेरै घाइते भएका तालिबानका अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
इरानको सीमा नजिकै रहेको पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । त्यहाँ कम्तीमा तीन वटा शक्तिशाली परकम्प समेत गएका छन् ।
भूकम्पका कारण धेरै भवनहरू क्षतिग्रस्त भएका छन् । मानिसहरू भग्नावशेषमा फसेका छन् । ज्यान गुमाउनेको सङ्ख्याको विवादास्पद विवरणहरू प्राप्त भइरहेको तर सयौँको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । तालिबान अधिकारीहरूले खोज तथा उद्धार र राहतका लागि विश्वव्यापी रूपमा आग्रह गरेका छन् । उज्यालो
October 8, 2023 4:13 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :