इजरायलले गाजामा पानीको आपूर्ति रोक्यो, उत्तरी इजरायलमा पनि हवाई आक्रमणको चेतावनी
इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ । इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएकाे केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ ।
इजरायलले गाजामा विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गर्ने जनाएको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।
इजरायलको रकेट आक्रमणबाट गाजाका धेरैजसो भवनहरू भत्किएकाले त्यहाँका एक लाख २३ हजार जनाभन्दा धेरै मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरूलाई सेल्टरमा राखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
गएकाे शनिवार बिहान प्यालेस्टिन विद्रोही समूह हमासले एक्कासी इजरायलमा रकेट र स्थलगत आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टिनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।
यसैबीच हमासको युद्धलाई समर्थन गर्दै इस्लामबादी लडाकु समूह हिजबुल्लाले लेबनानबाट उत्तरी इजरायलमा रकेट आक्रमण शुरु गरेको छ । अहिले उत्तरी इजरायलका सीमा क्षेत्रका सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उज्यालो
October 9, 2023 7:19 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :