इजरायलले गाजामा पानीको आपूर्ति रोक्यो, उत्तरी इजरायलमा पनि हवाई आक्रमणको चेतावनी
इजरायलले गाजामा पानीको आपूर्ति बन्द गरेको छ । इजरायलका रक्षामन्त्रीले गाजापट्टि पूर्ण घेराबन्दी गर्न आदेश दिएकाे केही समयमै इजरायली सेनाले गाजामा पानीको आपूर्ति बन्द गराएको बीबीसीले जनाएको छ ।
इजरायलले गाजामा विद्युत्, खाद्यान्न लगायतको आपूर्ति पनि बन्द गर्ने जनाएको छ । इजिप्टले युद्ध शुरु हुनु अघिदेखि नै गाजामा पूर्ण नाकाबन्दी गरिरहेकोले अब गाजा क्षेत्रमा जीवनयापनका आधारभूत वस्तुहरू पनि बन्द हुनेछ ।
इजरायलको रकेट आक्रमणबाट गाजाका धेरैजसो भवनहरू भत्किएकाले त्यहाँका एक लाख २३ हजार जनाभन्दा धेरै मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । उनीहरूलाई सेल्टरमा राखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
गएकाे शनिवार बिहान प्यालेस्टिन विद्रोही समूह हमासले एक्कासी इजरायलमा रकेट र स्थलगत आक्रमण गरेपछि शुरु भएको युद्ध अहिले पनि चलिरहेको छ । अहिलेसम्म दुवैतर्फ गरी १२ सय जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायलतर्फ सात सयभन्दा धेरै र प्यालेस्टिनतर्फ पाँच सयभन्दा धेरैको ज्यान गएको बीबीसीले जनाएको छ ।
यसैबीच हमासको युद्धलाई समर्थन गर्दै इस्लामबादी लडाकु समूह हिजबुल्लाले लेबनानबाट उत्तरी इजरायलमा रकेट आक्रमण शुरु गरेको छ । अहिले उत्तरी इजरायलका सीमा क्षेत्रका सहरहरूमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । उज्यालो
October 9, 2023 7:19 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी