इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५ सय नाघ्याे
2 years अगाडी
manoj Thapa
गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ ।
इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसङ्घको तथ्याङ्क छ ।
यस्तै, हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या एक सय जना विदेशीसहित १ हजार ३ सय जना पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । उज्यालो
October 15, 2023 4:09 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
Loading...