

इजरायल र हमासबीचको युद्धविराम आज अन्त्य हुँदै, युद्धविराम लम्ब्याउन दुवै पक्ष छलफलमा

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम आज साेमवार सकिँदैछ । कतारको मध्यस्थतामा भएको वार्तापछि इरायल र हमासबीच चार दिनका लागि युद्धविरामसहित बन्दी रिहाइको सम्झौता भएको थियो । हमासले एक जना इजरायली बन्धक रिहा गरेबापत इजरायलले तीन जना प्यालेस्टिनी कैदीबन्दीको रिहा गर्ने सहमतिअनुसार आज अन्तिम समूह रिहा हुने तयारीमा रहेको बीबीसीले जनाएको छ ।
सम्झौताअन्तर्गत हमासले कुल ५० जना इजरायली बन्धकलाई रिहा गर्नेछ र बदलामा इजरायलले आफ्नो जेलबाट एक सय ५० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नेछ । अहिलेसम्म हमासले ३९ जना इजरायली र इजरायलले एक सय १७ जना प्यालेस्टिनीलाई रिहा गरेको छ ।
यसैबीच आज राति युद्धविरामको समय सकिनुअघि नै समय थप गर्न दुवै पक्ष छलफलमा छन् । दुई पक्षबीचको युद्धविरामको अवधि बढ्न सक्ने सङ्केतहरू देखिएका खबरमा उल्लेख छ । इजरायलले हरेक दिन १० जना बन्धकलाई रिहा गर्ने सर्तमा युद्धविरामको समय बढाउन सक्ने बताइसकेको छ । तर युद्धविराम सकिनेबित्तिकै पूर्ण शक्तिका साथ गाजामा हमला गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिनुभएको छ । यस्तै एक प्यालेस्टाइनी अधिकारीका अनुसार हमास पनि युद्धविरामको विषयमा सकारात्मक छ । तर सहमति भने भइसकेको छैन ।
गएको अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गर्दा १२ सय जनाको ज्यान गएको छ । हमासले दुई सय ४० जनालाई बन्धक बनाएको छ । यसको बदलामा इजरायलले गाजा क्षेत्र ध्वस्त बनाएको छ । गाजामा १४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा छ हजार जनाभन्दा धेरै बालबालिका रहेका छन् । उज्यालो
November 27, 2023 10:43 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की

कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने

तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने

टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने

लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने

झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग

