श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन
श्रीलङ्कामा दैनिक ९ सय ३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशतमात्रै पुन: प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिवार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।
वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर सङ्कलन भएको खुलासा गरेको छ । समितिले उद्योगीहरूलाई विना निगरानी सहजरूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ ।
श्रीलङ्काले वार्षिक ४ लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ । संसदीय समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक सङ्कलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशनसमेत दिएको छ ।
श्रीलङ्कामा प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयाेगमा ल्यान नमिल्ने खालका प्लास्टिकको जथाभाबी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
December 4, 2023 12:40 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी