बर्दियामा नक्कली बाबुआमा बनेर नेपाली नागरिकता बनाइदिने पक्राउ
बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन्।बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए।तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ।
बडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए। गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नंको नेपाली नागरिकता लिएकी थिइन्।
विसं २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन्।नागरिकता छानवीनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नगारिकता ऐनअनुसार कारवाही हुने बताए।
July 14, 2018 10:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना