अमेरिकामा १ सय ७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खस्यो, ६५ वटा विमान ‘ग्राउन्डेड’
काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ ।
झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ ।
सबै जहाजको परीक्षणपछि मात्रै उडान हुनेछ । विमान निर्माता कम्पनी बोइङले घटनाको बारेमा जानकारी भएको र थप जानकारी सङ्कलन गर्न काम गरिरहेको बताएको छ । अलास्का एयरलाइन्सका सीईओ बेन मिनिकुचीले १६ हजार फिट उचाइमा रहेको जहाजबाट झ्याल खसे पनि सुरक्षित अवतरण गराएको भन्दै चालक दलका ६ जना सदस्यको प्रशंसा गर्नुभएको छ । उज्यालो
January 6, 2024 3:59 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी