Monday 22nd December 2025

चाँडै नै निकसँग विवाह गर्दै प्रियंका !

7 years अगाडी

एजेन्सी, ३० असार । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनको प्रेमी निक जोनस यतिबेला मधुर सम्बन्धमा रमाइरहेका छन् । उनले जीवनको कुनै समय आफू वैवाहिक बन्धनमा बाँधिने बताएकी छन् । बिहेपछि नारीवादी कद नघट्ने उनको बुझाइ छ ।

चोपडाले ईटी अनलाइनसँग भनिन्, ‘मलाई विवाह गर्ने विचार मनपर्छ । म कुनैबेला विवाह गर्न चाहन्छु ।’ उनले थपिन्, ‘र, मलाई यो लाग्दैन कि विवाहपछि तपाईमा नारीवादीको विचारमा कमी आउँछ । झन् बढ्दै जान्छ ।’

हालका दिनमा हट बलिउड अभिनेत्री चोपडा र अमेरिकी गायक निक जोनसको रोमान्सको खबर लगातार आइरहेको छ । हालै प्रियंका निकसँग भारत आएकी थिइन् । त्यति मात्र होइन, प्रियंका पनि निकको नातेदारको विवाहमा सहभागी भइसकेकी छन् । आफ्ना आफन्तको आउने जाने गरिरहेका यी जोडी चाँडै नै विवाह त गर्न लाग्दै छैनन् ? ‍

          July 14, 2018 12:19 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...