Sunday 7th September 2025

यी ५ गल्ती गर्नुभयो भने , सम्बन्धमा आउन सक्छ दरार !

7 years अगाडी

एजेन्सी । पति पत्नीबीच तालमेलमा कमि भयो भने घरमा अशान्ति बढ्दै जान्छ। कहिले काही नचाहादानचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो मन मुटावले गर्दा सम्बन्धमा दरार आउन सक्छ। त्यसैले आफ्नो सम्बन्धलाई जोगाउनका लागि आफूले के गरिरहेको छु भन्ने बारे सोच्न जरुरी छ। आज हामी तपाईलाई सम्बन्धमा दरार ल्याउने ५ गल्तीका बारेमा जानकारी गराउदैछौँ।

यस्ता छन् सम्बन्धमा फाटो ल्याउने ५ गल्ती

आफ्नोलागि मात्र सोच्ने : बिवाहअघि हरेक कुराको निर्णय आफुलाई केन्द्रमा राखेर लिइन्छ । जस्तो, आफुलाई के गर्दा रमाइलो लाग्छ, कस्तो खानेकुरा मीठो लाग्छ, कहाँ घुम्न मन लाग्छ जस्ता कुरामा एकलौटी निर्णय लिन सकिन्छ। तर, बिवाहपछि यस्तो कुरामा पार्टनरको भावना पनि बुझ्नुपर्छ। हरेक कुराको निर्णय आफ्नै मर्जी अनुसार गर्नु हुन्न।

आफु जस्तै बनाउने प्रयास : हरेकको जन्मजात स्वभाव हुन्छ, खुबी हुन्छ। संसारमा जन्मिने कोहिपनि समान हुँदैनन्। तर, बिवाहपछि अक्सर पति,पत्नीले एकअर्कालाई आफु जस्तै बनाउने प्रयास गर्छन्। आफुले जो सोचिन्छ, जो बुझिन्छ त्यही नै पार्टनरले पनि सोच्नुपर्छ, बुझ्नुपर्छ भन्ने भावना धेरैमा हुन्छ । आफ्नो मर्जी अनुसार पार्टनरको स्वभाव, काम गर्ने तरिका बदल्न खोजिन्छ।यसले पारिवारिक सन्तुलन बिग्रन्छ। एकले अर्कालाई कम आँक्ने, हेला गर्ने प्रवृत्ति बन्छ। यही कारण दाम्पत्य सम्बन्ध चिसिदै जान्छ।

तुलना गर्ने : संसारमा कोहि कसैसँग तुलना हुनै सक्दैन। तर, बिवाहपछि पती९पत्नी एकअर्कासँग तुलना गर्न थाल्छन्। दोस्रो व्यक्तिसँग तुलना गर्दा आफ्नो पार्टनरको स्तरवृद्धि हुने होइन, बरु त्यसले मनोबल गिराउने काम गर्छ। कसैसँग आफ्नो पार्टनरलाई दाँजेर हेर्ने प्रवृत्तिले आफु स्वंमलाई दुखी र खिन्न तुल्याउँछ। पार्टनरप्रति अन्तुष्ट बनाउँछ।

चियो चर्चा गर्ने : आफ्नो पार्टनरप्रति जहिल्यै शसंकित हुने प्रवृत्ति पनि कतिपयमा हुन्छ । पार्टनरको कुरामा शंका गर्ने, मोवाइल कल चेक गर्ने, म्यासेज पढ्ने, इमेल वा सोशल साइट्मा चासो राख्ने जस्ता बानीले दाम्पत्य सम्बन्ध मजबुद हुन दिदैन ।

अर्कोको सामु कुरा काट्ने : दोस्रो व्यक्ति वा परिवारका अन्य सदस्यका अगाडि आफ्नो पार्टनरको कुरा काट्ने बानीले दाम्पत्य जीवनमा नकारात्मक नतिजा दिन्छ। पार्टनरसँग रिस पोख्न वा आफुलाई राम्रो देखाउने वाहानामा पार्टनरलाई गिराएर वा होच्याएर अर्काको अगाडि कुरा नगरौं।

          July 14, 2018 1:07 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...