Thursday 2nd April 2026

दक्षिण कोरियामा रहेका र जाने इच्छा भएकाहरुलाई आयो खुसीको खबर !

8 years अगाडी

दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ । ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । लब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ । गत वर्ष प्रतिघण्टा ७५३० वोन ज्याला थियो ।

अब दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७ लाख ४५ हजार १ सय ५० अर्थात मासिक नेपाली १ लाख ६८ हजार भन्दा बढी रूपैया पाउनेछन् । सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको छ । जसले गर्दा नेपाली सहितका इपिएस र कोरियन कामदार खुसी भएका छन् । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् ।

          July 14, 2018 1:16 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...