नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला
इनरुवा। पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ।
शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए।
उक्त ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक प्रतिसेकेण्डभन्दा माथि पानीको बहाव भएपछि खतराको बत्ती बालिने गरेपनि सुनसरीमा खतराको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए।
कोशी ब्यारेज भएर पानी बग्ने क्षमता पाँच लाख क्युसेक प्रतिसेकेण्ड भएकाले दुई लाख क्युसेक पानीको बहाव हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको ब्यारेजको ढोका खोल्नका लागि कोशी ब्यारेज कन्ट्रोल रुमलाई निर्देशन दिइएको निरीक्षण पछि उनले जानकारी दिए।
July 15, 2018 11:00 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना