Monday 22nd December 2025

प्रियंका र आयुष्मानले गरे इङेजमेण्ट, दशैँमा बिवाह गर्दै !

7 years अगाडी

अहिलेका चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिवार इन्गेजमेन्ट गरेका छन् । करिब डेढ बर्ष अघिबाट प्रेममा रहेका यी दुईले एक पारिवारिक जमघटका बीच सामान्य तरिकाले नै इन्गेजमेन्ट गरेका हुन् । आफ्नो प्रेमको बारेमा प्रियंका र आयुष्मान खुलेरै मिडियामा कुरा गर्ने गर्थे । पारिवारिक समारोहक बीच इन्गेजमेन्ट गरेका यी दुईले बिवाह कहिले गर्छन भन्ने बारे भने आयुष्मानले दसैंमा हुने सामाजिक संजाल मार्फत जनाएका छन् ।

 

यता आयुष्मानकी आमा रविना देशराजले आफ्नो सामाजिक संजाल इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छन् भने उता प्रियांकाकी बेस्ट फ्रेण्ड तथा पुर्व मिस नेपाल जेनिसा मोक्तानले पनि प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छन् । इन्गेजमेन्ट गरे लगत्तै प्रियंकाले आफ्नो फेसबुक मार्फत गट इङ्गेज्ड भनेर सार्वजनिक पनि गरेकी छिन् ।

          July 15, 2018 11:53 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...