Tuesday 10th March 2026

विवाहपछि एकता कपुरको नयाँ ‘शो’ मा देखिदै सिमर

8 years अगाडी

एजेन्सी । टेलिभिजन अभिनेत्री दीपिका कक्कड अर्थात सिमर विवाहपछि एकता कपुरको नयाँ ‘शो’ मा देखिने भएकी छिन्। सुपरनेचुरल थ्रिलरका शैलीका कारण दीपिका निकै चर्चित छिन्। उनले यसअघि कअलर्स टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियल ‘ससुराल सिमरका’मा सिमरको मुख्य भूमिका निर्वाह गरेकी थिइन्। विवाहपछि उनले उक्त शो मा काम गर्न छोडेकी थिइन्। उनले काम गरेको केही समयपछि शो बन्द हुन पुगेको थियो।

अब उनले एकता कपुरको नयाँ शो ‘कयामत की रात’मा काम गर्ने तयारीमा छिन्। उनले एक सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्, ‘जब तपाईले गेम अफ थ्रोस हेर्नुभयो भने तपाईलाई कल्पनाको वा सुपरनेचुरल थ्रिलर जस्तो कुनै अनुभव हुदैन्। यसमा पनि यही हुनेछ। यो शो सुन्दा धेरैले अस्वीकार गर्न सक्लान तर शो ‘शो’ हेर्नुभयो भने तपाईलाई राम्रो लाग्नेछ।’ पछिल्लो समय दीपिकाले कलाकार शोएब इब्राहिमसँग विवाह गरेकी छिन्।

          July 17, 2018 11:45 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...