Thursday 2nd April 2026

दुई थान पेस्तोलसहित दुई जना पक्राउ !

8 years अगाडी

दुई थान पेस्तोलसहित ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरबाट दुई थान पेस्तोल र ५६ राउण्ड गोलीसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । यसका साथै, उनीहरूको साथबाट धारिलो हतियार तरबार २ थान, खुकुरी २ थान र चक्कु ६ थान प्रहरीले बरामद गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले सोमबार रोशन लिम्बु र रामचन्द्र अधिकारीलाई पक्राउ गरेको हो । उनीहरूलाई नखिपोटबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । यसअघि आइतबार पनि प्रहरीले ललितपुरबाट हतियारको कारोबार गर्ने तीन जनालाई नियन्त्रणमा लिएको थियो ।रामेछापका कृष्णबहादुर जोगी, आशुराम मुक्तान र हेमलाल चौधरीलाई नियन्त्रणमा लिइएको थियो । हिजोको घटनाको अनुसन्धान गर्ने क्रममा थप दुई जना आज पक्राउ परेका हुन् । घटनाको थप विवरण आउन बाँकी छ

 

          July 17, 2018 3:13 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...