जुम्लामा अनशन बसेका केसीको मुटुको चाल बन्द हुन सक्ने चिकित्सकको चेतावनी
जुम्ला। विगत १८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जतिबेला पनि मुटुको चाल बन्द हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।चिकित्सकका अनुसार केसीको स्वास्थ्यमा असामान्य परिवर्तन देखिन थालेको छ ।मंगलबार दिउँसोसम्मको पछिल्लो स्वास्थ्य अवस्थाका विषयमा जानकारी गराउँदै उपचारमा संलग्न चिकित्सक डाक्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले केसीलाई सास फेर्न समस्या हुने गरेको बताए । उनले केसीको शरीरमा अक्सिजनको मात्रा ६० रहेको समेत जनाए । ‘केसीको श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० पुगेको छ,’ उनले भने ।
उपचारमा संलग्न डा. धिरज गुरुङले मुटुको चालमा परिवर्तन भई ‘एक्टोपिक बिड्स’हरू देखिन थालेको जनाए । यस्ता असामान्य किसिमका संकेत देखापरेमा बिरामीको मुटु जतिबेला पनि बन्द हुन सक्ने सम्भावना प्रवल रहने उनले बताए । विगत पाँच दिनदेखि डा. केसीलाई थप उपचारका लागि उपकरण र औषधि तयारी अवस्थामा राखिएपछि थप उपचार गर्नुपरे जुम्लामा सम्भव नहुने चिकित्सक बताउँछन् । ‘डा. केसीको धड्कन बन्द भएर आईसीयूमा राख्नुपर्ने अवस्था आएमा जुम्लामा उपचार सम्भव छैन,’ गुरुङले भने ।
यसैबीच, डा. केसीको मागमा समर्थन जनाउँदै पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सेवा ठप्प गरिएको छ ।
डा. केसीको जीवनरक्षा र उनका माग सम्बोधनको माग गर्दै आकस्मिकबाहेकका सेवा अनिश्चित कालका लागि ठप्प पारिएको हो ।
डा. केसीका मागप्रति बेवास्ता गरिएको प्रतिष्ठानका निर्देशक डा. धर्मराज गोसाईंले बताए । उनले भने, ‘डा. केसीका मागप्रति बेवास्ता गरिएको भन्दै उनले माग सम्बोधन नहुँदासम्म सेवा सुचारु गर्दैनौं ।’ ओपीडी सेवा अवरुद्ध भएपछि प्रतिष्ठानमा उपचारका लागि आएका बिरामी मर्कामा परेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना