नेपाल र चीनका विद्यालयबीच सम्बन्ध बढाउने तयारी
काठमाडौँ । पूर्वी चीनको छिन्ताओ प्रान्तका विद्यार्थी नेपाल र चीनका विद्यालयबीच सम्बन्ध स्थापना गर्ने उद्देश्यले नेपाल आएका छन्। दुई शिक्षकसहित २३ विद्यार्थी नेपाल र चीनको विद्यालयबीचको पढाइको सम्बन्ध बढाउनुको साथै नेपालको कला, संस्कृति, रीतिरिवाजका बारेमा अध्ययन गर्न नेपाल आएका हुन्। केही दिनअघि नेपाल आएका उनीहरु काठमाडौँका विभिन्न ठाउँमा घुम्दै नेपालबारे जानकारी लिइरहेका छन्। चिनियाँ शिक्षिका एली चीन र नेपालको विद्यालयको सम्बन्ध बढाई एक आपसमा शिक्षा आदानप्रदान गर्नुपर्ने बताउँछिन्।
उनले चीन र नेपालका धेरै महिला बढी शिक्षण पेशामा नै आबद्ध भएका, परिवार पाल्ने जागिर खाने व्यापार व्यवसाय गर्ने तरिका समान नै रहेको बताए। चिनियाँ विद्यार्थी फेलिक्सले नेपाली विद्यार्थी साह्रै मिजासिला र सहयोगी भएको भएको बताए।चिनियाँ शिक्षक र विद्यार्थीले विभिन्न विद्यालयमा गएर चित्रकला, पेन्टिङ, पेपर क्राफ्ट आदि सिकाउनुको साथै नेपालको शिक्षण विधि, संस्कृति, रीतिरिवाजबारे जानकारी लिने छन्।
July 18, 2018 10:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना