Thursday 2nd April 2026

‘अझै दुईदिनसम्म पूर्वी र मध्यतराईमा पानी पर्छ’

8 years अगाडी

काठमाडौं, २ साउन । अबको दुईदिनसम्म पूर्वी तराई र राजधानी काठमाडौंको पश्चिमी क्षेत्रमा पानी पर्ने भएको छ । अबको दुईदिन मौसम बदली भई पानी पर्ने मौसम विभागले जनाएको छ ।मनसुनको समयमा अहिले अन्य समयको जस्तो भारी वर्षा नभएपनि पूर्वी तराईसहित काठमाडौं उपत्यकाको पश्चिमी क्षेत्रमा घना बादलका कारण पानी पर्ने मौसमविद् विभूति पोखरेलले बताए ।

उनका अनुसार पानी पर्ने क्षेत्रमा बाढी आउने, पहिरो जानसक्ने खतरा रहेकाले सजक रहनुपर्नेछ । बाढी र पहिरोका कारण मुलुकका कतिपय स्थानमा स्थानीय प्रभावित बनेका छन् ।तराईका कतिपय स्थान डुबानमा परेको छ भने पहाडमा पहिरोले पिरोलिरहेको छ । यसैबीच, अविरल वर्षाका कारण आएको पहिरोले पर्वतमा चार घर पुरिएका छन् । मंगलबार राती बर्षासँगै आएको पहिरोले घर पुरिंदा ५ जना बेपत्ता भएका छन् ।

 

          July 18, 2018 11:18 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...