सलमान , शाहरूले १ फिल्मबापत ५० देखि ६० करोड डिमाण्ड गरेको थाहा पाएपछि दीपिकाले पनि बढाइन् मूल्य
बलिउड नायिका दीपिका पादुकोणले आफूले अभिनय गरेको फिल्म पद्मावत हिट भएपछि आफ्नो पारिश्रमिक पनि बढाएकी छिन्। भारतीय सञ्चार माध्यमले जनाएअनसार उनले पुरुष कलाकारबराबर पारिश्रमिक डिमान्ड गरिरहेकी छिन्। यति मात्र होइन, अब उनले फिल्मको कथा पनि आफ्नो इच्छाअनुसार परिवर्तन गर्न जोड दिन थालेको समाचारमा जनाइएको छ।
उनी आफ्नो फिल्म हिट भएपछि लगातार धेरै फिल्म छोडिरहेकी छिन्। उनी तब मात्र फिल्म ओके गर्नेछिन्, जन फिल्मबाट उनले भनेजति पारिश्रमिक पाउनेछिन्। एक फिल्म निर्माताको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ– ‘दीपिकाले यस किसिमको रवैया देखाउनमा निर्देशक सञ्जय लीला भंसाली दोषी छन्। किनभने उनले दीपिकालाई पद्मावतमा मेल एक्टरलाई भन्दा बढी पारिश्रमिक दिएका थिए।’
समाचारमा जनाइएअनुसार फिल्ममा दीपिकालाई ११ करोड, रणवीर सिंहलाई ८ करोड तथा साहिद कपुरलाई ४ करोड भारतीय रुपियाँ दिइएको थियो। निर्माताले भनेको छन्– ‘अब दीपिका केवल ए लिस्टर प्रोड्युसर तथा डाइरेक्टर र हिरोका साथमात्र काम गर्नेछिन्। यही कारणले नै उनले पद्मावतपछि कुनै पनि फिल्म साइन गरेकी छैनन्। रिपोर्टअनुसार बलिउडमा ए लिस्टर हिरो तथा हिरोइनको पारिश्रमिकमा ५ गुणाको अन्तर छ। दीपिका, कंगना रनावत, करिना कपुरलगायतका अभिनेतृको पारिश्रमिक १० देखि १२ करोड छ। जबकी सलमान खान, शाहरूख खानजस्ता अभिनेताले १ फिल्मबापत ५० देखि ६० करोड रुपियाँ लिने गर्छन्।
July 18, 2018 12:22 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी