तस्कर र प्रहरीबीच गोली हानाहान : ३३ किलो गाँजा बरामद,तस्कर फरार
8 years अगाडी
Susma Dhakal
मंगलबार गाँजा तस्कर र प्रहरीबीच महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीमा गोली हानाहान भएको छ । प्रहरीले देख्ने बित्तिकै भाग्दै गरेका गाँजा तस्करमाथि प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको थियो । तस्करले प्रहरीलाई लक्षित गरेर कम्तिमा ३ राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
गोली प्रहार भएपछि तस्कर भागेको प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद गाँजाको परिमाण ३३ किलो रहेको प्रहरीले जनाएको छ । हतियारसहित गाँजा तस्करी हुन लागेको गोप्य सूचनाको आधारमा मंगलबार राति सबा १० बजे डिएसपी खड्का नेतृत्व टोली अजमलपट्टी पुगेको थियो ।
July 18, 2018 3:48 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...