डा. केसीलाई लिन हेलिकप्टर जुम्लामा, केसीद्वारा काठमाडौं आउन अस्वीकार
काठमाडौं। चिकित्सा शिक्षामा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा अनशनर डा. गोविन्द केसीले काठमाडौं आउन अस्वीकार गरेका छन्। सरकारले डा. केसीको जीवन रक्षाकालागि भन्दै काठमाडौं ल्याउन बिहीबार विहान हेलिकप्टर जुम्ला पठाएको थियो।
तर डा. केसीले कर्णाली विज्ञान प्रतिष्ठानका डाक्टरहरुले आफूलाई राम्रोसँग उपचार दिइरहेको र आफू सन्तुष्ट रहेको भन्दै काठमाडौं आउन अस्वीकार गरेका हुन्। बिहीबार विहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरलेले डा. केसकिो जीवन रक्षा र स्वास्थ्य उपचारकालागि काठमाडौं ल्याउनु अत्यावश्यक रहेको भन्दै डा. केसीलाई लिन हेलिकप्टर जुम्ला पठाएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए।
डा केसीले आफूलाई राज्यले अपरहण गरेर काठमाडौं लैजाने र आफूहरुको अभियान तुहाने खेलमा राज्य लागेको आरोपसमेत लगाएका छन्। यदि राज्य आफ्नो स्वास्थ्यप्रति गम्भीर भए आफूले उठाउँदै आएका माग पूरा गर्नुपर्ने र माग पूरा भएपछि आफ्नो अनशन पनि सकिने बताएका छन्।उनले आफू चन्दननाथ बाबाको काखमा बसेर अनशन गरेको भन्दै आफ्नो माग पूरा नभएसम्म जुम्ला मै अनशन जारी राख्ने अडान लिएका छन्।तर सरकारले भने उनको अवस्था नाजुक भएको भन्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन पठाएकाे छ। काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राख्ने सरकारले तयारी गरेकाे छ।
गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए।उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरुपमा निर्णय गर्ने जनाए। बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनले बताए।
July 19, 2018 11:22 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना