नारायणगढ- मुग्लिन सडक खुल्यो
8 years अगाडी
Susma Dhakal
चितवन, ३ साउन । आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो ।टोपे खोलामा आज बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ०९ः४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउनका लागि दुबैतर्फबाट डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसंगै पहिरोका कारण रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडक निर्माणका क्रममा बिभिन्न ठाउँमा भित्तो काटिएका कारण जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भन्दै सजग भएर यात्रा गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
July 19, 2018 11:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...