आफ्नो नाकका कारण प्रियंका चोपडाले आठ फिल्म गुमाइन् !!
एजेन्सी। बलिउड अभिनेत्री प्रियंका चोपडा बलिउडमा मात्रै होइन, हलिउडमा पनि चर्चित नाम हो। यतिबेला प्रियंका अमेरिकी गायक निक जोनाससँगको अफेयरलाई लिएर चर्चामा छिन्। प्रियंका दुई वर्षपछि फेरि बलिउड फिल्ममा काम गर्न गइरहेकी छन्। उनी सलमानको खानको फिल्म ‘भारत’ मा अभिनय गर्न तयार भएकी छन्। प्रियंका एक सेल्फ मेड स्टार हुन्। उनले अहिलेको उचाइ आफ्नो क्षमताको आधारमा प्राप्त गरेकी हुन्।
प्रियंकाले फिल्म हिरोमार्फत बलिउडमा डेब्यू गरेकी थिइन्। यो फिल्ममा सनी देओल र प्रीटी जिन्टा मुख्य भूमिकामा थिए भने प्रियंका सहायकको भूमिकामा देखिएकी थिइन्। डेब्यू फिल्मभन्दा पहिला प्रियंकाका हातबाट धेरै फिल्म गुमे। प्रियंकालाई सबैभन्दा पहिला विजय गिलानीको एक फिल्मको अफर आएको थियो। फिल्मलाई महेश मांजरेकरले निर्देशन गर्दै थिए। फिल्ममा प्रियंकासँग बबी देओल मुख्य भूमिकामा थिए। त्यतिबेला प्रियंकाले आफ्नो नाकको सर्जरी गराएकी थिइन्। त्यही कारण उनको नाक असामान्य लागिरहेको थियो।
निर्माता विजय गिलानी ‘जुन अभिनेत्रीको नाक नै राम्रो देखिएको छैन, त्यस्ती अभिनेत्रीसँग हामी कसरी फिल्मको शुटिङ गर्न सक्छौंरु’ भनेका थिए। योसँग बबी देओलले पनि प्रियंकाको नाकका कारण शुटिङ गर्न अस्वीकार गरेका थिए। यही कारण फिल्मको शुटिङ बीचमै रोकियो। नाकका कारण प्रियंकाले करिव आठ वटा फिल्मबाट हात धुनुपर्यो। २००६ मा प्रियंकालाई उनको करियरमा पहिलो सुपरहिट फिल्म प्राप्त भयो। सो फिल्मले उनको भाग्य नै परिवर्तन गरिदियो। सो फिल्मको नाम हो ‘कृष’। यद्यपी यो फिल्म भन्दा पहिला उनले ऐतराज र मुझ से शादी करोगी जस्ता फिल्ममा काम गरिसकेकी थ्इिन्। तर उनी सुपरस्टार बन्न सकेकी थिइनन्।
July 19, 2018 12:44 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :