Thursday 2nd April 2026

कैलालीको रोरा नदीमा डुबेर दुई बालिकाको मृत्यु

8 years अगाडी

धनगढी । कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बाख्रा चराउन जंगल गएका बेला गर्मी बढेपछि नदीमा नुहाउन गएका बेला बालिकाको डुबेर मृत्यु भएको हो।बालिका डुबेको खबर पाउनासाथ घटनास्थलमा पुगेका प्रहरी टोलीले उद्धार गरेर लम्कीस्थित अस्पतालमा पुर्याएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको थियो।

          July 19, 2018 1:14 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...