Thursday 2nd April 2026

केसीको अनशनस्थलमा गोली चल्यो, प्रहरीको गोली लागेर प्रहरी नै घाइते !

8 years अगाडी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको छ । प्राध्यापक डाक्टर गोविन्द केसी अनशनरत खलङ्गास्थित प्रतिष्ठानमा डा केसीको अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ पठाउन गएका प्रहरीको टोली तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको हो ।

प्रहरीले चलाएको गोली लागेर एकजना प्रहरी घाइते भएका छन् । गोली लागेका प्रहरीको अहिले चिकित्सकहरुले प्रतिष्ठानकै बेडमा राखेर उपचारर गरिरहेका छन् । डाक्टर केसीलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर बिहानै जुम्ला पुगिसकेको छ । केसीको जीवनरक्षाका लागि सरकारले उनलाई काठमाडौँ ल्याउने तयारी गरेपछि झडप भएको हो ।

झडपका क्रममा १० जना भन्दा बढी घाइते भएका छन् । प्रतिष्ठान परिसरमा विद्यार्थी, महिलादेखि अन्य सर्वसाधरणको पनि बाक्लो उपस्थिति छ । अर्कातिर सुरक्षाकर्मी पनि सयौँको संख्यामा परिचालित गरिएको छ ।

          July 19, 2018 2:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...