डा. केसीलाई जुम्लादेखि हेलिकोप्टरबाट ल्याउन किन ३ घण्टा २० मिनेट लाग्यो ?
काठमाडौं, ४ साउन । २० दिनदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले बिहीबार सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ ।डा. केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरोकी टुँडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् ।
उहाँलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरिरहेको थियो । चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने माग राखी अनसनरत डा. केसीलाई मानसिक रुपमा दबाब दिएर त्रासमा पारी काठमाडौं ल्याइएको चिकित्सकहरूको दावी छ ।उहाँलाई काठमाडौँ ल्याउने नाममा अनसन बसेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानदेखि सुरक्षाकर्मीको तैनाथ गरी धरपकड, लाठी, अश्रुग्यास, गोली चलाएर बिरामी र बिरामी कुरुवालाई समेत घाइते बनाएको छ । उपचारका लागि आएका बिरामीलाई अस्पतालभित्र प्रवेश नै नदिई अन्धाधुन्घ लाठी र अश्रुग्यास हान्नुका साथै प्रहरीले गोली समेत चलाएको थियो ।
यता त्रिबि शिक्षण अस्पताललाई सुरक्षा घेराभित्र राखिएको थियो । अस्पताल परिसरमा दिउसैदेखि चिकित्सक, शुभचिन्तक, विद्यार्थी, नागरिक समाज, संचारकर्मीहरुको भीड लागेको थियो ।यति ठूलो संख्यामा जनमानसको भीडदेखि अतालिएको सरकारले डा।केसीलाई टुडखेलमा लगेर रातपरेपछि झारेको भन्दै नागरिक समाजका अगुवाहरुले कडा टिप्पणी गरेका छन् । आक्रोसित सर्वसाधारणले यस्तो सरकार चाहिन्न जनतालाई अनावश्यक दुःख दिन पाइन्न भन्दै बिरोध समेत गरेका थिए ।
July 20, 2018 10:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना