किन भयो ३५ लाखको पुल सामाजिक सञ्जालमा भाईरल ?
8 years अगाडी
Susma Dhakal
३५ लाखको पुल पछिल्लो समय चर्चामा आएको छ । घटना हो म्याग्दीको धौलागिरी गाउँपालिका जोड्न फेदीस्थित दाङखोलामा बनेको पुलको । ३५ लाख खर्चिएर निमार्ण गरिएको अस्थायी बेलिब्रिज विवादित बन्नुको कारण हो ठूलो खर्च । ठुलो रकम खर्च गरिएको भनिएपनि सल्लाको काठ प्रयोग गरिएका १८ मिटर लामो पुल भनेजति खर्च भएजस्तो नदेखिएपछि सबैले बिरोध गरिरहेका छन् ।
गाँउपालिकाको ३३ लाख २८ हजार तथा २ लाख ८४ हजार बराबरको जनश्रमदानबाट पुल निर्माण भएको गाँउपालिकाको दाबी छ । अहिले सामाजिक सञ्जालमा ३५ लाख पुल भन्दै आलोचित मात्रै भइरहेको छैन यो पुल अत्यन्तै विबादिनत पनि बनिरहेको छ ।
खोलाबाट पाँच मिटर २० सेन्टिमिटर अग्लो तीनवटा पक्की पिल्लर राखिएको पुलमा ८ ओटा फलामको बिम प्रयोग गरिएको छ भने फलामका बिम माथि सल्लाका काठ बिछ्याइएको छ । पुल बनेपछि स्थानीयले खुलेरै बिरोध गरिरहेका छन् ।
July 20, 2018 10:58 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...