Thursday 2nd April 2026

अमेरिकी राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेटवार्ता

8 years अगाडी

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिज ले शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा भेट गरेकि छन् । आफ्नो कार्याकाल सकाउन लागेकि टेप्लिजले अध्यक्ष प्रचण्डसँग बिदाई भेट गरेकि हुन् ।अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, ‘तपाईको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ उनले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायीत्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।

टेप्लिजले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो । राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूला ठूला चुनौतिहरुमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरता पछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन् ।

          July 20, 2018 1:33 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...