Thursday 2nd April 2026

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, पाँच बेपत्ता

8 years अगाडी

वासिङ्टन,  साउन  : अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।  यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ ।  सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।  स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

          July 21, 2018 11:12 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...