सबैको आँखामा आसु,क्यान्सरको उपचार गराइ रहेकी सोनाली बेन्द्रेले छोराको नाममा लेखिन् मार्मिक पत्र
बलिउड अभिनेत्री सोनाली बेन्द्रेले सामाजिक संजालमार्फत सबैलाई आश्चर्यमा पार्ने खुलासा गरिन्। उनले आफ्नो ट्विटर अकाउन्टबाट ट्विट गर्दै आफूलाई क्यान्सर रोग लागेको र अहिले न्युयोर्कमा उपचार गराइरहेको जानकारी दिएकी थिइन्। सोनालीले एउटा चिठ्ठी ट्विटरमा सार्वजनिक गर्दै आफूलाई क्यान्सर लागेको बताएकी थिइन्।

बिहीबार सोनालीले आफ्नो इन्स्टाग्राममा आफ्ना छोरा रणवीरको नाममा एउटा भावनात्मक पत्र शेयर गरेकी छन्। पत्रमा उनले लेखेकी छन्, ‘१२ वर्ष ११ महिना आठ दिन पहिला जुन बेला उसको जन्म भएको थियो, त्यतिबेला देखि मेरा छोरा रणवीरले मेरो मन आफ्नो नाममा गरेको थियो। त्यसपछि मेरो गोल्डीको जीवनमा रणवीरको खुशी र देखभाल नै मुख्य कुरा बन्यो। तर जब क्यान्सले मेरो जीवनमा कदम राख्यो, तब हामीलाई सबैभन्दा मुश्किल के भयो भने यो विषयमा हाम्रो छोरा रणवीरकालाई कसरी सुनाउने?’

उनले अगाडि लेखेकी छन्, ‘हामी रणवीरको चिन्ता गर्छौं साथै के पनि चाहन्छौं भने सबै सत्य कुरा उसले थाहा पाओस्। हामीले सधैं उसलाई सबै कुरा बताएका छौं। र, उसले हाम्रा सबै कुरा शालीनतासँग सुन्छ र बुझ्छ पनि। उसको यही कुराले मलाइ थप उर्जा दिएको छ। कयौं पटक त उसले अभिभावको जस्तो व्यवहार पनि गर्छ। हामीले के गर्नु हुन्छ के गर्नु हुँदैन भनेर सम्झाउँ छ पनि।’
July 21, 2018 11:21 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी