घट्न थाल्यो वैदेशिक रोजगारीमा जानेको संख्या
काठमाडौं, ५ साउन । एकवर्ष अघिको तुलनामा गएको वर्ष वैदेशिक रोजागारीमा जाने नेपालीको संख्या करिव २० प्रतिशतले कमी आएको छ आर्थिक वर्ष ७३/०७४ को तुलनामा गत आर्थिक वर्ष ७४/७५ मा वैदेशिक रोजगारीमा जानेको संख्या २० प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष ०७३/७४ मा ७ लाख ५९ हजार २ सय ३० नेपाली कामका लागि विदेशिएपनि गत आर्थिक वर्षमा ६ लाख १२ हजार ६ सय ८५ जना युवा रोजगारीका लागि विदेशीएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागको तथ्यांक हेर्दा अघिल्लो वर्षभन्दा गत वर्ष १९ प्रतिशत कम नेपाली रोजगारीका लागि विदेश गएका छन् । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको विभागले जनाएको छ । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको विज्ञहरुले बताएका छन् । अघिल्ला ११ महिनाको आँकडा अनुसार यो वर्ष भने मलेसिया, नेपाली कामदारको पहिलो रोजाइको गन्तब्य बनेको छ ।
July 21, 2018 11:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना