Thursday 2nd April 2026

दाङमा पानीको माग गदै किसानले गरे कुलोको मुहानमा पूजा

8 years अगाडी

दाङ । साउन एक साता बित्न लाग्दा पनि अझै वर्षात् नभएको र खेती हुन नसकेको भन्दै दाङका किसानले भुमेबर्माको पूजा गरेका छन् तुलसीपुर क्षेत्रको सात गाउँले कुलोबाट सिँचाइ हुने किसानले शनिबार सिँचाइ कुलोको मुहानमा गएर पूजा गरेका हुन्।तुलसीपुर उपमहानगरपालिका–३ को श्रीकुलामा पूजा गरेको सात गाउँले कुलो सिँचाइ आयोजनाका अध्यक्ष कुलप्रसाद कालाथोकीले बताए।

उनले पानी नपरी खडेरीका कारण खेती हुन नसकेको भन्दै पूजाआजा गरेमा देवता खुशी भई पानी पान्र्छिन् भन्ने जनविश्वासका कारण पूजा गरिएको हो भने।सयौँको सख्यामा कुलोको मुहानमा पूजा गर्न पुगेका किसानले कुखुरा र बोकासमेत काटेर बलि थिए। समयमा पानी नपर्दा किसान निकै चिन्तित रहेका छन्। पानी नपर्दा तुलसीपुरको हजारौँ बिगाह जमीन बाँझै रहेको छ।

          July 22, 2018 10:46 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...