Monday 22nd December 2025

अमिताभ बच्चनले छोरीसँग खेलेको भिडियो अचानक हटाइयो !

7 years अगाडी

बलिउडका सुपरस्टार अमिताभ बच्चनले छोरीसँग अभिनय गरेको विज्ञापन भिडियो भारतको कल्याण ज्वेलर्सले आधारिक रुपमा हटाइदिएको छ । अमिताभव बच्चनले छोरीसँग छोरी श्वेता नन्दासँग अभियन गरेको विज्ञापन भिडियो भारतको कल्याण ज्वेलर्सले आधारिक रुपमा हटाइदिएको हो ।

कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भूलवश मानिसहरुको भावनामा ठेस् पुगेकोमा खेद प्रकट गर्दै विज्ञापन हटाएको जानकारी दिएका छन् । यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।

अभिनित करिब साढे दुई मिनेटको विवादित विज्ञापन हटाएको छ । अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्स्विरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो ।

          July 24, 2018 10:46 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...