प्रेमीको मिलेमतोमा श्रीमतीद्वारा श्रीमान्को हत्या
धनगढी, साउन । कैलालीको भजनी नगरपालिका–९ भुरुवागाउँकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नो पतिको हत्या गरेको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ ।भजनी नगरपालिका—९ को भुरुवा गाउँमा ३५ वर्षीय नन्दुराजीलाई उनकै पत्नी निर्मला राजी र प्रेमी भनिएका दिलीप राजीले घाँटी च्यापेर हत्या गरेको खुलासा भएको कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।
घटना साउन ४ गते राति भए पनि प्रहरीलाई ढिलो गरी खबर प्राप्त भएको चन्दले बताए। मादकपदार्थ सेवन गरेर राति घर पुगेका नन्दु राजी र श्रीमती निर्मला राजीबीच झगडा भएकामा श्रीमतीले आफ्ना प्रेमी भनिएका दिलीपलाई बोलाई घरमै कुटपिट गरिएको जनाइएको छ ।राति नै लोग्नेको हत्या गरी घरदेखि झण्डै एक किमीको दूरीमा रहेको प्रतीक्षा सामुदायिक वन परिसरमा खाल्डो खनी शव गाडिएको बताइएको छ ।प्रहरी टोलीले गाडिएको शव आज उत्खनन गरी परीक्षणका लागि टीकापुर अस्पताल पुर्याएको छ ।
July 25, 2018 11:15 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना