Wednesday 1st April 2026

नेपाली समाजमा गौमाता मानिने गाईको पेटमा यसकारण पारिन्छ प्वाल

8 years अगाडी

एजेन्सी । संसारमा अनौठा कुराहरु देख्न र सुन्न सकिन्छ। जो सुनेको मान्छेले नसुनेको मान्छेलाई सुनाउन खोज्दा होेला र ? भन्ने कोतुहलता जगाउँछ।जिउँदै गाईको पेटमा प्वाल पारेर आहारा समेत खुवाउन सकिने यस्तो उपाय जो कसैलाई थाहा पनि हुँदैन र सबैले पत्याउन पनि सक्दैनन्।स्विट्जरल्यान्डमा कृषकहरूले लगभग १४ वटा गाईहरूको पेटमा फिस्तुला वा कन्नुला फिट गरेका छन्। यो एक बाहिरी पाइपलाइन हो जुन गाईको पाचनप्रणालीसँग जोडिन्छ। यसको सहायताले कृषकहरू सजिलै गाईको पाचनप्रणालीलाई हेर्न पाउँछन्।

गाईहरूमा कन्नुला फिट गरेपछि अनुसन्धान गरिएको थियो। कृषकहरूले गाईलाई प्राप्त पोषण अनि उसले खानेकुरा कसरी पचाउँछ भन्ने बारेमा थप बुझ्नका लागि यो प्रक्रिया अवलम्बन गरेका हुन्।यो प्रविधि अन्तर्गत गाईको कोखामा आठ इन्चको कन्नुला राखिन्छ। कन्नुला पाचन प्रणालीमा पुग्छ अनि किसानहरूले यसलाई हेरेर खानेकुरा कसरी प्रोसेस गर्छ भन्ने देखिन्छ। यसको पुछारमा रबरको प्लग हुन्छ र यसलाई परीक्षणपछि यसलाई बन्द गर्न सकिन्छ।

गाईको पाचनप्रणालीमा जौ तथा अन्य खाद्यान्नका प्रकारहरूको परीक्षण भइरहेको छ। गाईले यी खाद्यान्नहरू कति राम्ररी प्रोसेस गर्छ भन्ने आधारमा थप अनुसन्धान गरिनेछ।कन्नुला छिराउँदा गाईको शल्यक्रिया गरिन्छ अनि उसलाई निको हुनका लागि आरामको समय दिइन्छ। यसले गर्दा गाईको स्वास्थ्यमा सुधार आउने गरेको पशु विज्ञहरुले बताएका छन्।

          July 26, 2018 1:26 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...