बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानी कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि
काठमाण्डौ – बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानीको कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि भएको छ । बिरामीपरेका मध्ये एकै परिवारका तीनसहित चार जनाको ज्यान गएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवम् महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले ज्यान गएको जानकारी दिनुभयो ।
मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको रोगको लक्षणका आधारमा जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ज्यान गएको पुष्टि भएको छ ।
गएको भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनुभयो । नरैनापुर–३ गेगलीका श्यामलाल पासीको घरमा पहिलोपटक झाडापखालाको सङक्रमण देखिएको थियो ।
सङक्रमणबाट ज्यान गुमाउनेमा ७५ वर्षीया शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी, एक वर्षकी नाबालिका र युसुफ अलि रहेका छन् । झाडापखाला देखिएको नरैनापुरमा हैजाजन्य किटाणु भने नभएको स्वास्थ्य शाखाका प्रमुख अङ्गत शाहीले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी पानी शुद्धीकरणका लागि आवश्यक औषधि वितरण गरेको छ । उज्यालो
September 3, 2024 8:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव