डा. केसीको उपचारको जिम्मा प्रधानमन्त्रीका निजी चिकित्सकलाई
१० साउन, काठमाडौं । २७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक टोली गठन गरेको छ । सामान्य चिकित्सा विभाग प्रमुख प्रा. डा प्रदीपकृष्ण श्रेष्ठ र नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा दिव्या सिंह शाहको संयुक्त संयोजकत्वमा नौ सदस्यीय स्वास्थ्य उपचार टोली गठन गरेको छ ।
शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक हुन् । उनले केसी र सरकार पक्षबीच सहमतिका लागि समन्वय पनि गरिरहेकी छन् ।स्वास्थ्य उपचार टोलीमा सहप्राध्यापक डा. सुवास आचार्य, प्रा. डा प्रमेशसुन्दर श्रेष्ठ, डा. सूर्य देवकोटा, डा. पंकज पन्त, डा. रविन नेपाली उप-प्रशासक टेकबहादुर कार्की, तथा नर्सिङ अधिकृत गंगा थापा सदस्य रहेका छन् ।डा. केसीको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन तथा स्वास्थ्य उपचार टोलीका सदस्यहरुसँग समन्वय तथा सहकार्य गर्न अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राध्यापक मन्दिरा वन्तले बिहीबार नै निर्देशन गरेकी छिन् ।
July 26, 2018 3:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना